८ आश्विन २०८१, मंगलबार 1727217892
Banner

परराष्ट्रमन्त्री राणा र भारतीय बिदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्तागर्नुभएको छ । आइतबार नयाँ दिल्ली पुग्नुभएकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन बाँकी नै छ । विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्वीर सार्बजनिक गर्दै भारतमा स्वागत गरेको उल्लेख गर्नुभएको छ ।

परराष्ट्रमन्त्री राणाले सोमबारैभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने बताइएको छ ।मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो । उहाँ आगामी विहिबार स्वदेश फर्कने तालिका छ ।