६ आश्विन २०८१, आइतबार 1727012097
समाचार

राष्ट्रिय वाणिज्य बैंकको फेस्टिभ अफर, ७.७७ प्रतिशत ब्याजदरमै सवारी कर्जा

काठमाडौं-राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत बैंक ७.७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ।

फेस्टिभ अफरमा प्रदान गरिने स्थिर ब्याजदरको गाडी कर्जा अधिकतम ७ वर्षका लागि हुने बैंकले जनाएको छ। यो कर्जा मात्रै ०.५ प्रतिशत प्रोसेसिङ फीमा उपलब्ध हुनेछ।

यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यही भाद्र १ गतेदेखि २०८१ कात्तिक मसान्तसम्म रहनेछ।

ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ।