६ आश्विन २०८१, आइतबार 1727007529
Banner

खोलामा डुबेर दुईको मृत्यु

कृष्णनगर (कपिलवस्तु), ८ भदौः कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । आज फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा रहेका छन् ।

खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पु¥याइएकामा अस्पतालले मृत घोषित गरेको जनाइएको छ ।