५ आश्विन २०८१, शनिबार 1726924416
Banner

यी हुन् एकीकृत समाजवादीका विजयी पदाधिकारीहरु

काठमाडौं । एकीकृत समाजवादीको १८ जना पदाधिकारीका लागि भएको मतदानको गणना सकिएको छ ।

अन्तिम परिणामअनुसार महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भइन् ।

यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह, खुल्ला उपाध्यक्षमा डा गंगालाल तुलाधर, जग्गनाथ खतिवडा , भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् । यसैगरी उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए ।

सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेर बहादुर कुंवर, सोम प्रसाद पाण्डे, चन्द्र बहादुर शाही विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।