५ आश्विन २०८१, शनिबार 1726967959
Banner

ओली–देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैशी र रामबहादुर बुढा छन् ।

भदौ १० मा टुँडिखेलमा आयोजित गौरा पर्वमा सम्बोधन गर्ने क्रममा उनीहरुले प्रधानमन्त्री र देउवाविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।