७ आश्विन २०८१, सोमबार 1727082534
विश्व

स्वास्थ्य र विकासको क्षेत्रमा नेपाललाई भारतले थप सहयोग गर्ने

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य र विकासको क्षेत्रमा नेपाललाई भारतले थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

आइतवार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भारतले नेपालप्रतिको आत्मीयता र मित्रतालाई बढाउँदै स्वास्थ्य र विकासका क्षेत्रमा थप सहयोग गर्ने बताए।

उनले नेपाल नागरिकहरूको आवश्यकतानुसारका स्वास्थ्य सामग्री प्रदान गर्ने काम भारतले गरिरहेको जिकिर गरे। उनले नेपाल र भारतको मित्रता सदैव कायम रहिरहने पनि बताए।​

श्रीवास्तवले भने, ‘भारत सरकार र भारतको नेपालप्रतिको आत्मीयता र मित्रता सदैव कायम रहनेछ। हामी नेपालसँग जति सक्छौँ जरुरत पूरा गर्ने कोसिस गर्नेछौँ। स्वास्थ्य होस् वा विकासको क्षेत्रमा हामीले सकेको सहयोग गरिरहेका छौँ।’

उनले भक्तपुर अस्पतालले भारतसँग बसको व्यवस्था गरिदन आग्रह गरेको भन्दै यो वर्ष पूरा गर्ने प्रतिबद्धता जनाए।