७ आश्विन २०८१, सोमबार 1727075851
Banner

तनहुँमा ६ सवारी साधन ठक्कर खाँदा चार घाइते

तनहुँ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबार दिउँसो ३ बजे ६ वटा सवारी साधन ठक्कर खाँदा चार जना घाइते भएका छन् ।  

दमौलीबाट डुम्रे जाँदै गरेको ना ५ ख २०३४ नं. को बसको ब्रेक फेल हुँदा सात वटा सवारी साधन ठक्कर खान पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपककुमार रायले जानकारी दिनुभयो ।  

रायका अनुसार बसले सोही दिशा जाँदै गरेको ग ३ ख १३९० नं. को ट्रकलाई ठक्कर दिई बस अनियन्त्रित हुँदा सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नं. को  बलेरोलाई ठक्कर दिएको थियो ।  

उक्त बलेरो गाडीले सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ नं. को बसलाई ठक्कर दिएको थियो । उक्त बसले ना १ च ८४३४ न।को बलेरो र उक्त बलेरोले ना २ ख ३७८९ नं. को हाइसलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते हुनेहरूमा ग ३ च ८३९० नं. को बलेरो चालक मकवानपुर जिल्लाको थाहा नगरपालिका–७ बस्ने वर्ष २४ को नवराज गोले, बलेरोमै  सबार हुनेहरू बागलुङको काठेखोला गाउँपालिका–५ बस्ने वर्ष ५९ को देवीलाल कँडेल र सोही ठाउँमा बस्नेहरू वर्ष ४९ की विमला कँडेल र नं. १ च ८४३४ नं. को बलेरोको सहचालक  रौतहटको गुजुरा नगरपालिका–५ बस्ने वर्ष ४६ को निरतारिख बाबु घाइते  हुनुभएको छ । 

भएकोमा सबै घाइतेहरूको लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचार भइरहेको । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।