८ कार्तिक २०८१, बिहिबार 1729778875
Banner

एमाले सांसदले मागे उपसभामुखको राजीनामा

काठमाडौँ-नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन्। आज मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्यप्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गर्नुभयो।

‘सदनभित्र र बाहिर पनि नैतिकताको कुरा उठेको छ, पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ,’ ढकालले भन्नुभयो, ‘सदन र सदन बाहिर कुरा उठेपछि उपसभामुखले मार्ग प्रशस्त गर्न अर्थात् राजीनामा दिनको लागि आग्रह गर्छु।’

उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा असम्बन्धित व्यक्तिलाई सहभागी गराउन अमेरिकी दूतावासलाई पत्र लेख्नुभएको थियो।