३ आश्विन २०८१, बिहिबार 1726732301
पालिका

सुनपा २ ले सातवटा स्कुलसंग सहकार्य गरेर मनायो बालदिबस

भक्तपु्र। सुर्यबिनायक नगरपालिका वडा नम्बर २ ले विभिन्न कार्यक्रम गरी ६०औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित आज देशैभरि राष्ट्रिय बाल दिवस मनाइएको छ ।

बालदिवसका अवसरमा सुर्यबिनायक नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष प्रदिप कार्कीले आफनो वडामा भएका सातबटा विद्यालयसँग सहकार्य गरेर बालदिवस मनाएको बताउनुभयो ।

बाल दिवसका अवसरमा वडाले जनचेतना मुलक कार्यक्रम सहित प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो ।