४ आश्विन २०८१, शुक्रबार 1726820697
Banner

दरबारमार्गमा आज र भोलि सवारी आवागमनमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौैँ । काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । संविधान दिवसका दिन हुने कन्सर्टका लागि स्टेज निर्माण भइरहेकाले सवारी आवागमनमा रोक लगाइदा आवागमनमा समस्या भएको हो ।

केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।