५ आश्विन २०८१, शनिबार 1726949188
Banner

२०८४ को निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री नेकपा एमालेले बनाउन सक्नुपर्छ : विद्याभण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति  विद्यादेवी भण्डारीले अहिलेको परिवर्तन  जन नेता मदन भण्डारीले प्रतिवादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) कै आलोकका कारण सम्भव भएको बताउनुभएको छ । 

आज ललितपुरमा आयोजित मदन भण्डारीको फाउन्डेसनको रजत जयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले अहिले पनि जवजको आलोकमा संविधान बढिरहेको बताउनुभयो ।  उहाँले जबजकै मार्ग दर्शक सिद्धान्तलाई पालना गरेर देशलाई समाजवादको मार्गमा लैजानु पर्नेमा जोड दिनुभयो । 

समाजवादको यात्राका लागि बलियो राष्ट्रिय अर्थतन्त्र आवश्यक रहेको बताउनुहुँदै उहाँले त्यसका लागि दलाल पुँजीवादलाई खतम पार्न ढिला भइसकेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले  जबजका अनुयायीहरू पटक पटक सरकारको प्रमुख पदमा पुगे पनि अर्थतन्त्र सुधारका लागि चाल्नु पर्ने ठोस कदम चाल्न भने नसकिरहेकाेलाई कमजोरीका रूपमा स्वीकार गर्नु पर्ने बताउनुभयो । ‘सरकारका प्रमुखमा जबजका अनुयायीहरूको पटक–पटक उपस्थती भइरहे पनि हामीले हाम्रो देशको अर्थतन्त्रलाई जुन महत्त्वपूर्ण ढङ्गले उभ्याउनु पर्ने हो त्यो हुन सकिरहेको छैन’ उहाँको भनाई थियो ।  

बढीभन्दा बढी कर लगाएर सरकार चलाउने नीतिले जसरी पनि जनता मारमा परिरहेको बताउनुहुँदै उहाँले तत्काल सन्तुलित अर्थतन्त्र निर्माणका लागि पहल गरिनुपर्ने बताउनुभयो । 

हाम्रो मौलिक कला, संस्कृति र भाषासमेत हस्तक्षेपहरू भइरहेको बताउनुहुँदै उहाँले त्यसका विरुद्ध देशभक्त, प्रगतिशीलहरूको आवाज अझ दरोसँगले उठाउनु पर्नेमा जोड दिनुभयो । 

मदन भण्डारीको सम्झना श्राद्ध गरेको जस्तो वा पिण्ड लडाए जस्तो नगरी जनताकोमा लैजानु पर्ने बताउनुहुँदै उहाँले जननेता भण्डारीको विचार फैलाउन जीवनभर आफू सक्रिय रहने बताउनुभयो । 

उहाँले देश र जनता पहिलो हुन् भन्ने भावनाबाट कहिल्यै पछि हट्न नहुने बताउनुहुँदै मुलुकको अर्थतन्त्र कमजोर हुनु, युवा पलायनता बढ्नु दुखद् भएको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले  त्यसलाई रोक्नका लागि भएका आधारभूत स्रोतहरू  पत्ता लगाई आधुनिक प्रविधि र युवा शक्तिलाई प्रयोग गरी अर्थतन्त्रलाई तत्काल सन्तुलनमा ल्याउन ढिला गर्न नहुने बताउनुभयो । 

उहाँले मुलुकको अर्थतन्त्र खुट्टाले टेकेर हिँड्नु पर्नेमा चार हात खुट्टा टेकेको जस्तो वा टाउकोले टेकेर हिँडे जस्तो भइरहेको बताउनुभयो । 

कार्यक्रममा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल, मदन भण्डारी फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डे लगायतले मदन भण्डारी र मदन भण्डारी फाउन्डेसनका विषयमा चर्चा गर्नुभएको थियो । समारोहमा  ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाललाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरिएको थियो ।