६ आश्विन २०८१, आइतबार 1726989309
अर्थ

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता

काठमाडौं । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्स फाइनान्सबाट सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एसएमइ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबीच हस्ताक्षर भएको हो।

यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिङको सुविधा उपलब्ध भएको छ ।