२ जेष्ठ २०८३, शनिबार 1778914956
Banner

चरित्र हत्या गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

काठमाडौं-मेडिकल व्यवलसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। साइबर अपराधको मुद्दामा प्रसाईंलाई पक्राउ गरिएको हो। आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उहाँलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो।

उहाँलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिनुभयो।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-६ कमेरोटारस्थित प्रसाईंको निवासमै तीन भ्यानसहित प्रहरी पुगेको थियो।  साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो। गेट नखुलेपछि नाघेरै प्रहरी छिरेर पक्राउ गरेको हो। त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई पनि नियन्त्रणमा लिइएको छ।

प्रहरी घरमा पक्राउ गर्न आएपछि प्रसाईंले केही समर्थकलाई नाराबाजीको लागि आउन आग्रह गरेका थिए। तर, उनीहरु नआइपुग्दै प्रहरीले पक्राउ गरेर लगेको हो।