७ आश्विन २०८१, सोमबार 1727075437
Banner

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क- प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका उहाँहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।

ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका नेताहरुबिच भएको यो पहिलो भेटवार्ता हो ।