८ आश्विन २०८१, मंगलबार 1727175573
Banner

अमेरिकामा मोदी र जेलेन्स्कीबिच भेटघाट

वासिङ्टन डीसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार न्यूयोर्कमा द्विपक्षीय भेटका क्रममा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका छन् । दुई नेताबिच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले अगस्ट २३ मा युक्रेनको भ्रमण गरेका थिए । यस क्रममा उनलै रुस–युक्रेन द्वन्द्व अन्त्य गर्न र शान्ति पुनर्स्थापना गर्ने प्रयासमा सहयोग गर्ने वाचा गरेका थिए । संयुक्त राष्ट्र सङ्घ (यूएन)को भविष्य शिखर सम्मेलनमा सहभागी हुन अमेरिका गएको समयमा मोदीले जेलेन्स्कीलाई भेटेका हुन् ।

यस भेटको विवरण दिँदै भारत सरकारको विदेश मन्त्रालयको तर्फबाट सामाजिक सञ्जाल प्लेटफर्मले ‘दुवै नेताबिच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको भनेर  भनेको छ । भेटमा दुई नेताहरूले युक्रेनको अवस्थाबारे छलफल गरेका थिए । मोदीले युक्रेन सङ्कट वार्ता र कूटनीतिबाट समाधान गर्ने भारतको चाहनालाई फेरि दोहोर्‍याए । मोदी यतिबेला तीन दिने अमेरिका भ्रमणमा छन् । यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत क्वाडका सबै नेताहरूसँग भेट गरेका  थिए ।