२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 8:49 pm
अर्थ

बजाजले गर्यो ग्रान्ड कार्निभल आयोजना, पुरानो दिएर नयाँ बाइक किन्ने मौका

सूचना प्रेस २०८१ आश्विन ८ मंगलबार ००:००, १९:३४ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ । नेपालीहरुको महान चाड दसैं तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

यस ग्रान्ड कार्निभल अन्तर्गत ग्राहकहरुले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन् । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्नेछन् ।

यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाईक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन् । कार्निभल यही असोज ७ देखी १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जारी रहनेछ ।