२६ जेष्ठ २०८३, मंगलबार 1781065670
अर्थ

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विषेश छुट

काठमाडौं : एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड (को-ब्राण्डेड कार्ड) होल्डरका लागि बुद्ध एयरको उडानमा विशेष छुट दिने भएको छ।

नेपालीहरूको ठूला चाडपर्वको अवसर पारेर एनएमबि बैंकले वेब साइटबाट फ्लाइट टिकट काट्दा १०% क्यास ब्याक गर्ने वा अधिकतम ५०० रुपैयाँसम्म दिने घोषणा गरेको हो।

चाडपर्वको समयमा, बैंकले ग्राहकलाई सुविधा दिने उद्देश्यले छठ पर्वसम्म यो अफर घोषणा गरेको बैंकले जनाएको छ। यससम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।

हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको एनएमबि बैंकले जनाएकव् छ।