३१ भदौ २०८३, बुधबार 1789611905
अर्थ

एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत बिकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षा अनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्वेश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (DFCD) सँग गरेको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दीगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य उर्जा सगँ आवद्व ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उल्पादन भएको उर्जा कृषी तथा अन्य क्षेत्रमा दीगो रुपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेको छ ।