३० आश्विन २०८१, बुधबार 1729124430
Banner

पहिरोले गाडी पुरिँदा झ्याप्लेखोलामा १४ जनाको मृत्यु

काठमाडौ । धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएको बस र माइक्रो बसबाट १४ जनाको शव निकालिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले १४ जनाको शव फेला परेको जानकारी दिए ।

प्रहरीले अझै पनि उद्धार कार्य जारी रहेको जनाएको छ । शनिबार बिहान पहिरो जाँदा केही गाडी पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा र बसबाट ९ वटा शव निकालिएको हो ।