२७ भदौ २०८३, शनिबार 1789268095
Banner

विपदमा घरबार गुमाएकाहरूलाई अस्थायी आवास निर्माणका लागि अनुदान दिइने

काठमाडौँ : सरकारले विपदमा घरबार गुमाएका परिवारहरूलाई अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने भएको छ। सोमवार गृह मन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले विपदमा घरबार गुमाएका परिवारहरूलाई अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको हो।  साथै, विगत तीन दिनदेखिको वर्षाका कारण प्रभावित भएका क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिने पनि बैठकले निर्णय गरेको छ।