१ कार्तिक २०८१, बिहिबार 1729206758
समाचार

मीनबहादुर गुरुङले गरे विपद् प्रभावितको लागि १ करोड बढी रूपैयाँ सरकारलाई हस्तान्तरण

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले विपद्‍बाट प्रभावितहरुका लागि १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग रकम सरकारलाई हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त चेक गृहमन्त्री रमेश लेखकलाई बुझाएका छन् ।

मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व भएको गुरुङको भनाइ छ । अविरल वर्षाका कारण देशभर ठुलो क्षति भएको छ । १९३ जनाको मृत्यु भएको छ भने अझै ३५ जना बढी बेपत्ता छन् ।