१ कार्तिक २०८१, बिहिबार 1729185544
Banner

आजदेखि तीनदिन राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

काठमाडौ । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेछ तर, सार्वजनिक बिदा भने हुने छैन ।

प्रधानमन्त्री ओली सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएका थिए । उनी आइपुगेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ ।