१ कार्तिक २०८१, बिहिबार 1729145552
Banner

राष्ट्रपति पौडेलले दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब दिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले एक महिनाको तलब सुविधा प्रदान गर्ने उनको निजी सचिवालयले जनाएको छ । यसैगरी उनका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलव सुविधा प्रदान गर्ने सचिवालयले जनाएको छ ।