१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 12:07 am
Banner

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

सूचना प्रेस २०८१ आश्विन २८ सोमबार ००:००, ०६:३१ बजे १ मिनेट पढाइ

एजेन्सी । पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार दिउँसो भएको विषाक्त ग्यास चुहावट हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । ग्यास दिउँसो १ः३० बजे चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।