७ जेष्ठ २०८३, बिहिबार 1779405137
Banner

जनसङ्ख्याको आधारमा मधेसमा बजेट छुट्याइनु पर्छ : मन्त्री यादव

रौतहट । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं पूर्वमन्त्री कृष्ण प्रसाद यादवले संघीय सरकारले जनसङ्ख्याको आधारमा मधेस प्रदेशका लागि  बजेट उपलब्ध गराउन माग गरेका छन्। मुलुकको सात वटा प्रदेशमध्ये सबैभन्दा बढी जनसङ्ख्या मधेस प्रदेशमा भएपनि संघीय सरकारले मधेस प्रदेशलाई सदैव उपेक्षा गर्दै आएको सभापति यादवको भनाइ छ । 

रौतहटको माधव नारायण नगरपालिका-४ मानपुर विशुनपूर्वामा  आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति यादवले उक्त गुनासो गरेका हुन्।  प्रदेश सांसद समेत रहेका  यादवले देशको आधा भन्दा बढी जनसङ्ख्या मधेसमा भएपनि सरकारले मात्र ११ अर्ब बजेट दिने गरेको बताए । यसैगरी उनले सिङ्गो प्रदेश विकाशमा पछाडि पर्नुको जिम्मा मधेसवादी दलहरूले लिनुपर्ने पनि बताए ।  कांग्रेसको नेतृत्वमा मधेसमा सरकार नबनेसम्म प्रदेश समृद्ध र विकसित नहुने उनले दाबी गरे ।