१ कार्तिक २०८१, बिहिबार 1729180687
Banner

कीर्तिपुर जग्गाको साइनो ललिता निवाससँग छैन : पोखरेल

कोहलपुर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मीन गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो नरहेको बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रमका निम्ति बाँके आइपुगेका महासचिव पोखरेलले एमालेलाई कमजोर बनाउने तत्वले गलत प्रचार गरिरहेको बताए ।

महासचिव पोखरेलले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चार्यको विषय नभएको बताए । ‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो’ महासचिव पोखरेलले भने, ‘हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौं ।’