बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको दाबी गर्दै रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्ताहरूले विरोध सभा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमितिको आयोजनामा भैरहवाको बुद्ध चोकमा विरोध सभा गरिएको हो ।
विरोध सभामा जिल्ला सभापति बुद्धि प्रसाद शर्मा, बुटवल सभापति राजन पाण्डे, तिलोत्तमा नगर सचिव कृष्ण तिवारी लगायत सहभागी दिए । सो क्रममा उनीहरूले वास्तविक सहकारी ठगलाई कारबाहीको नभएको तर निर्दोष रविलाई फसाउने खोजिएको जिकिर गरे ।