३ भदौ २०८३, बुधबार 1787196786
Banner

दिल्लीको वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’, काठमाडौँ पनि शीर्ष १० मा

काठमाडौँ । सोमबार बिहान राजधानी दिल्लीमा फेरि एकपटक वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’ को श्रेणीमा रेकर्ड गरिएको छ। राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ । यस वर्ष पनि जाडो सुरु भएसँगै दिल्लीको हावाको गुणस्तर खस्किन थालेको छ । सोमबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकाङ्क २५० भन्दा माथि थियो। जुन ‘खराब’ को श्रेणीमा पर्छ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार आनन्द विहारसहित दिल्लीका केही क्षेत्रहरूमा प्रदूषण स्तर ३ सय माथि थियो, जुन ‘धेरै खराब’ श्रेणीमा पर्दछ। आनन्द विहारमा वायु गुणस्तर सूचकाङ्क ३५० भन्दा माथि रेकर्ड गरिएको थियो। दिल्लीका मुख्यमन्त्री आतिशीले राज्यका वातावरणमन्त्री गोपाल राईसँगै आइतबार आनन्द विहारको पनि भ्रमण गरेका थिए। यता, काठमाडौँको वायुको गुणस्तर पनि बिग्रँदो छ । बिहान ९ बजेको मापन अनुसार वायुको गुणस्तर सूचकाङ्क १४८ रहेको छ । काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको रूपमा रहेको छ ।