५ कार्तिक २०८१, सोमबार 1729518289
अर्थ

सुनमा पाँच दिनदेखि निरन्तर ऐतिहासिक रेकर्ड

काठमाडौँ । पाँच दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा ऐतिहासिक रेकर्ड बनाउँदै गएको छ । दसैँपछि खुलेको सुनचाँदी बजारले तेस्रो दिनदेखि नै ऐतिहासिक रेकर्ड बनाएकोमा आजसम्म पनि यसले निरन्तरता पाएको हो । सोमबार प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य आइतबार १ लाख ६५ हजार रुपैयाँ रहको थियो ।

त्यभन्दा अघिल्ला दिनहरुमा यो मूल्य क्रमशः १ लाख ६४ हजार ४००, १ लाख ६२ हजार ४०० र १ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्यले समेत रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको छ । यस्तो मूल्य आइतबार २ हजार ७५ रुपैयाँ रहेको थियो ।  त्यस्तै, शुक्रबार १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य त्योभन्दा अघिल्लो दिन १ हजार ९५० रुपैयाँ रहेको थियो ।