८ कार्तिक २०८१, बिहिबार 1729804028
अर्थ

बिमा प्राधिकरणद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष बिहीबार सिंहदरबारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बीमा प्राधिकरणले रु एक करोडको चेक हस्तान्तरण गरिँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् ।