१२ कार्तिक २०८१, सोमबार 1730096879
Banner

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ- नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पेनाल्टि सुट आउटमा ४-२ ले भारतलाई पराजित गर्दै नेपालले जित निकालेको हो ।

नेपालकी सब्स्टिच्युट गोलकिपरले २ वटा गोल रोकेपछि खेल नेपालको पक्षमा आएको हो यसअघि नेपालकी सावित्रा भण्डारीको गोलसँगै नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको थियो ।

नेपालले गरेको गोलले मान्यता नपाएपछि खेलमा विवाद भएको थियो । विवादकैबीच अघि बढेको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेपालको लागि सावित्रा भण्डारीले गरेको गोल ऐतिहासिक बन्यो । नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ ।