१२ कार्तिक २०८१, सोमबार 1730132500
Banner

भ्रष्टाचार विरोधी हुँ भनेर उफ्रनेहरू नै बढी भ्रष्टाचारी देखिए : बुद्धिमान तामाङ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले नेपालमा भ्रष्टाचार विरोधी हुँ भनेर उफ्रनेहरू नै बढी भ्रष्टाचारी भएको आरोप लगाएका छन् । सोमबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सांसद तामाङले भने– ‘नेपालमा भ्रष्टाचार विरोधी हुँ भनेर उफ्रनेहरू नै बढी भ्रष्टाचारी भए । यसलाई कसरी न्यूनीकरण गर्ने ? समाजको परिवर्तन सोच गर्ने बेला आएको छ।’ तामाङले अहिले सरकारको रवैया समेत ठिक नभएको बताए । उनले ऐन कानुन विपक्षीलाई मात्र लाग्ने र सत्ता पक्षलाई कम लाग्ने बताए ।