१२ कार्तिक २०८१, सोमबार 1730139115
अर्थ

सेयर बजारका सबै सूचक बढे, सवा ५ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.४१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६४५ मा कायम भएको छ । नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.६८ प्रतिशत बढ्यो । सबै सेक्टरका सूचक बढेका छन् । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ३४ करोडको भयो । २१३ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो भने २ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै ३.४६ प्रतिशत बढ्यो ।

बैंकिङ ०.३६, विकास बैंक १.५७, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.५८, लगानी ०.८५, जीवन बीमा १.८४, उत्पादन १.३४, माइक्रोफाइनान्स १.२६, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ तथा व्यापार ०.७५ प्रतिशत बढे । जानाकी फाइनान्स, दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । रिभर फल्स पावरको ९.५४, मेन्छियाम हाइड्रोपावरको ९.१३, मायाखोला हाइड्रोपावरको ६.९९, प्रोग्रेसिभ फाइनान्सको ६.६२ तथा बेस्ट फाइनान्सको ६.५७ प्रतिशत बढ्यो । पाँचथर पावरको मूल्य ६.०२ प्रतिशत घट्यो । कालिन्चोक दर्शनको ४.३५, समृद्धि फाइनान्सको ३.९६, विन नेपाल लघुवित्तको २.८९, एसबीआई बैंकको २.६३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, समृद्धि फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जानाकी फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे ।