२८ भदौ २०८३, आइतबार 1789322498
समाचार

गुल्मी सेवा समाज कतारको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

दोहा – दोहा –  गुल्मी सेवा समाज कतारले  ‘आकस्मिक कोष सहयोगार्थ’ आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। समाजकी महिला संयोजक कल्पना कोहीनुरको संयोजकत्वमा शुक्रबार अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा सो बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।

नेपालीहरूका महान पर्वहरू बिजया दशमी, दीपावली तथा छठको अवसर पारेर  आयोजना गरीएको सो कार्यक्रममा लोक तथा दोहोरी गायिका शान्ता रानी परियारले प्रस्तुती दिएकी थिइन्। उनले पञ्चेबाजा गीत ‘शिर फूल शिरको’ र ‘ढलें ढलें’ गीत गाएर दर्शकलाई मनोरन्जन दिएकी थिइन्।

शान्ता रानीसँगै कतारमा रहेका करिब एक दर्जन कलाकारहरूले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए भने केही साहित्यकार तथा सर्जकहरुले समेत आ आफ्ना रचना वाचन गरेका थिए । समाजका कार्यवाहक अध्यक्ष सुरज चन्द बोहराको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्यतामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्ट, बिशेष अतिथिमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपमहासचिव चानक पोखरेल रहेका थिए ।