१४ कार्तिक २०८१, बुधबार 1730318543
Banner

उपनिर्वाचनका लागि कांग्रेसमा महामन्त्री शर्माको संयोजकत्वमा संयोजन समिति

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय संयोजन समिति गठन गरेको छ । बुधबार सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम ९ सदस्यीय संयोजन समिति गठन गरेका हुन् ।

समितिमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत सदस्य छन् । त्यस्तै केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य पनि सदस्य छन् भने प्रकाश शर्मा सदस्य सचिव छन् । १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय संयोजन समिति बनाएको हो ।