२१ असार २०८३, आइतबार 1783231889
Banner

महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई

कात्तिक १४ गते। साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औं मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गर्नुभयो। बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।

पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशका मोनिका चक्माले पहिलो गोल गर्नुभएको थियो। त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काउनुभएको थियो। तर पुनः ८१ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउने प्रयास असफल हुँदा नेपाल उपविजेता बन्न पुग्यो । नेपाली महिला टिमले हारेको यो १२औं फाइनल हो । साफम मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौं पटक हो ।