४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 10:53 am
समाज

२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

सूचना प्रेस २०८१ कार्तिक १६ शुक्रबार ००:००, १७:२४ बजे १ मिनेट पढाइ

ओखलढुंगा । ओखलढुंगामा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका–५ कालिमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो  ।

सुनिलले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।