६ मंसिर २०८१, बिहिबार 1732215853
विश्व

उत्तराखण्ड बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं । भारत उत्तराखण्डको अल्मोडामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।  नैनीडाँडादेखि रामनगरतर्फ जाँदै  गरेको बस सोमबार बिहान दुर्घटनामा परेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार बसमा सवार १५ जना घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुमध्ये ३ जनालाई थप उपचारका लागि हवाई उद्धार गरिएको थियो । उनीहरुको अहिले ऋषिकेश एम्समा उपचार भइरहेको छ ।