१९ असार २०८३, शुक्रबार 1783076856
Banner

रविमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो थप २५ दिनको म्याद

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले जिकिर लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो। तर, रविको पक्षबाट बहस गर्ने अधिवक्ताहरूले भने अनुसन्धान भइसकेकाले छोड्न माग गरेका छन् ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रविको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गर्दै हिरा गर्न माग गरेका हुन् । तर पीडितको पक्षमा युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले बहस गरेको अदालत स्रोतले जनाएको छ । अदालतमा म्याद थप गर्ने या नगर्ने भन्नेबारे पक्ष विपक्षमा बहस सकिइसकेको भएपनि न्यायाधीशले आदेश सुनाइसकेका छैनन् । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।