६ मंसिर २०८१, बिहिबार 1732215051
समाचार

प्रहरीको लापरबाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन

काठमाडौँ । प्रहरीको लापर्बाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन सुरु भएको छ । शुक्रबार दैलेखमा दुर्घटना भएको गाडी १५ सिटे भएको र सो गाडीमा ३४ जना यात्रु राख्दा दुर्घटना भएको भन्दै पीडित पक्षले आन्दोलन सुरु गरेको हो । 

उनीहरुले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् । 

 शुक्रबार दिउँसो सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्लामा भएकाे फोर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । साे ठाउँ दैलेख–सुर्खेत सिमाना नजिक पर्दछ । दैलेखबाट सुर्खेत आउँदै गरेको ०२००ख०९९८ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो ।