१७ श्रावण २०८३, आइतबार 1785735785
समाचार

कर्णाली प्रतिष्ठानको पहिलो दिक्षान्त समारोह सुरू,५८ विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज विभिन्न ५८ विद्यार्थीलाई दीक्षित गर्दैछ। पहिलो दिक्षान्त समारोह गर्न लागेको प्रतिष्ठानले जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ जना विद्यार्थीलाई दीक्षित गर्न लागेको हो। यसकालागि प्रतिष्ठानका उपकुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली समारोह स्थल पुगेको छ।

ओलीलाई जुम्ला विमानस्थलमा स्थानीय कार्यकर्ता,प्रतिष्ठानका भिसी,रजिस्ट्रार लगायत जिल्लाका उच्च अधिकारीले स्वागत गरेका थिए।ओलीसँगै सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अन्जनीकुमार झा,अमेरिकास्थित हार्डबर्ड मेडिकल कलेज सेन्टर अफ प्राइमरी केयर सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेंगर पनि सहभागी छन्। प्रधानमन्त्री ओलीले आजै नयाँ शैक्षिक भवनको समेत उद्घाटन गर्ने कार्यतालिका छ।