९ मंसिर २०८१, आइतबार 1732488619
समाचार

साढे २२ किलो लागुऔषध चरेससहित तीन जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले साढे २२ किलो लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ–४ हरिहरपुर निवासी मकसुद अन्सारी, सोही ठाँउका रामलाल सहनी र भारत बिहार मोतिहारी ग्राम आदापुर बस्ने मुकेश कुमार रहेका छन् ।

प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१५ भिष्वा होटल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीहरुमाथि लागु औषधसम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।