५ मंसिर २०८१, बुधबार 1732108011
विश्व

हमास नेताले छाडे कतार, कार्यालय स्थायी बन्द हुन बाँकी

कतार । गाजाबाहिर हमासका सबैभन्दा वरिष्ठ नेता र यसका वार्ता टोलीका अन्य प्रमुख व्यक्तिहरू अब दोहामा छैनन् । कतार सरकार र वरिष्ठ प्यालेष्टिनी अधिकारीहरूले यस्तो बताएका हुन् । गाजामा युद्धविराम सम्झौताको वार्तामा कतारले मध्यस्थता स्थगित गरेपछि कतारमा हमासको कार्यालयले काम गर्न छाडेको कतारी विदेश मन्त्रालका प्रवक्ताले भनेका छन् ।

यद्यपि, कार्यालय स्थायी रूपमै बन्द भने नभएकोमा उनले जोड दिएका छन् । आश्रय दिने देशलाई अप्ठ्यारो नहोस् भनेर हमासका वार्ताकारहरूले आफू बसेको स्थान गोप्य राखेको प्यालेष्टिनी अधिकारीहरूले बीबीसीलाई भनेका थिए । कतारले हमासलाई औपचारिक रूपमै देश छाड्न भनेको चाँहि ती अधिकारीले अस्वीकार गरेका छन् ।