काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।