२ श्रावण २०८३, शनिबार 1784384671
कला/साहित्य

गायक प्रमोद खरेल चढेको गाडी दुर्घटना

काठमाडौं : गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ। गएराति एक बजेतिर नेपालगञ्जबाट दाङको तुलसीपुर जाने क्रममा गाडी दुर्घटनामा परेको हो। 

खरेलले बिहिबार बिहान आफ्नो सामाजिक सञ्जाल मार्फत दुर्घटनाको जानकारी दिएका हुन्। उनी एक कार्यक्रमको लागि दाङ जाँदै थिए। दुर्घटनापछि दाङ अस्पतालमा उपचारपछि फेरि फर्किएर मनमोहन कार्डियो टिचिङ हस्पिटलमा उपचार गरिएको छ। 

दुर्घटनामा बाहिर केही चोट पटक लागेको भए पनि भित्री चोट भने नलागेको खरेलले जनाएका छन्। अबको केही दिन सबै काम स्थगित गरेर आराम गर्ने पनि उनले जानकारी दिएका छन्।