काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका घर भएका ४१ वर्षीय रविन कोइराला, धादिङ घर भएका ३६ वर्षीय पदमबहादुर भुजेल र झापाको बाह्रदशी घर भएका ४१ वर्षीय कार्तिकलाल राजवंशी छन् ।
आरोपीहरूले ३ जना पीडितबाट ११ लाख ७० हजार असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । अस्ट्रेलिया, सर्विया र अल्बानिया पठाउने आश्वासन देखाएर आरोपीहरूले ठगी गरेका हुन् । उनीहरूलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिए ।