४ आश्विन २०८१, शुक्रबार 1726854171
Banner

आज उमेदवारी फिर्ता लिने अन्तिम दिन, अन्तिम नामावली पनि आजै प्रकाशन गरिने

काठमाडौं । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ । आजै साँझ ५ बजे आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरि हिजो साँझ उमेदवारको नामावली प्रकाशन गरेको थियो । आज उमेदवारी फिर्ता लिन चाहने उमेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।

स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको हिजो राति ८ बजेसम्मको तथ्यांकअनुसार प्रमुखमा ३ हजार ५१८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनय दर्ता भएको छ ।

अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ । आज विहान १० देखि बेलुकी ५ सम्म उम्मेदवार फिर्ताका लागि समय तोकिएको छ । आजै साझ ६ बजे कार्यतालिका सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

आयोगले १७ गते चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।