४ आश्विन २०८१, शुक्रबार 1726821841
पालिका

अनियमितता र भष्टाचार अन्त्यका लागि मेरो उम्मेदवारी

काठमाडौं । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं. ३० को वडाध्यक्षमा एमालेबाट कृष्ण भक्त खड्गीको नाम सिफारिस भएको छ । लामो समयदेखि राजनीतिमा सक्रिय खड्गीले वडाको विकास निमार्णको चिन्ताले आफुलाई उम्मेदवार बनाएको बताउनुभयो ।

लामो समयदेखि यस क्षेत्रको विकासमा सक्रिय भएको छु तर कामको जस अरुले लिन खोज्दा आफै सक्रिय भएर वडामा भएको अनियमितता र भष्टाचार अन्त्यका लागि आफु उम्मेदवार बन्नुपरेको उहाँले बताउनुभयो ।

खड्गीले भन्नुभयो, वडामा धेरै काम गर्नुपर्नेछ हामीले हिजोका दिनमा पनि धेरै काम गरयौ तर यसको जस अरुले लिदैछन, त्यस कारण उपयुक्त योजना ल्याएर वडामा हामीले गरेको कामको हामीले नै जस लिनका लागि पनि म अध्यक्षमा उठेको हु ।’ यदि यहाँका जनताले मलाई यसपटक वडाको अध्यक्षमा जिताउनुभयो भने पाँचबर्षभित्र यो वडालाई नेपाल भरिकै नमुना वडा बनाउने गरि म काम गर्छु उहाँले भन्नुभयो । देशका लागि केही गर्नुपर्छ भन्ने उदेश्यले म आफनो वडाबाट नै सक्रिय हुन खोजेको छु खड्कीको भनाइ थियो ।