१४ श्रावण २०८३, बिहिबार 1785474204
Banner

एकीकृत समाजवादीका नेता खनाल आज चीन जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल शनिबार (आज ) चीन जाँदैछन्। अन्डरस्ट्याटान्डिङ चाइना कन्फरेन्स-२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन खनाल चीन जान लागेको पार्टीको विदेश विभागका सचिव डा. शंकर खतिवडाले बताए।

खनाल सात दिनसम्म चीनमा रहने छन्। उनको साथमा सचिव खतिवडा पनि सहभागी छन्। आज बेइजिङ पुग्ने खनालले डिसेम्बर १ मा चीनका उच्चस्तरका नेतासँग भेटवार्ता गर्दैछन्।

चाइना इन्ष्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तीय जनसरकारको संयुक्त आयोजनामा अन्डरस्ट्याटान्डिङ चाइना कन्फरेन्स-२०२४ सप्पन्न हुन लागेको हो।