१९ मंसिर २०८१, बुधबार 1733353892
विश्व

अफ्रिकी देश नामिबियाले पायो पहिलो महिला राष्ट्रपति

विन्डहोक ।  नेतुम्बो नन्दी-नदैतवाह अफ्रिकी देश नामिबियाको राष्ट्रपति पदमा निर्वाचित हुने पहिलो महिला बनेकी छन् । यसअघि नन्दी–नदैतवाहले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी सत्तारुढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन्। राष्ट्रपति निर्वाचनमा उनले ५७ प्रतिशतभन्दा बढी मत ल्याइन् भने प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याए ।

तर, पाण्डुलेनी इतुलाले शनिबार नदैतवाहको पार्टीले निर्वाचन प्रक्रियामा धाँधली गरेको आरोप लगाउँदै निर्वाचनको परिणाम अस्वीकार गरेकी छन् । नामिबियाको अखबारका अनुसार मंगलबार साँझ नामिबियाको राजधानी विन्डहोकका अधिकांश विपक्षी दलहरूले चुनावी नतिजा बहिष्कार गरेका छन्।